जन सरोकारस्वास्थ्य

एउटै अस्पतालमा लगातार पाँचजना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँचजना कोरोना संक्रमितको लगातार मृत्यु भएको छ । शनिबार दिनको साढे एक बजेदेखि आइतबार बिहान सवा ६ बजेको अवधिमा ती संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा रुपन्देही र गुल्मीका २/२ जना र प्यूठानका एक जना रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की ३२ वर्षीया महिला, बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय पुरुष, गुल्मीको चन्द्रकोट–५ का ५६ वर्षका पुरुष, गुल्मी इस्मा–५ का ७१ वर्षीय पुरुष र प्यूठानको सरुमारानी–२ की ६३ वर्षीय महिला रहेका छन् ।

उनीहरुमा असार २३ गतेदेखि साउन ४ गतेसम्म विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button