राजनीति

स्वास्थ्य राज्यमन्त्रीमा कांग्रेसका उमेश श्रेष्ठ

राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसंगै रहने गरी नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको हो ।

सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ल्याउनुभएको हो । योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ ।

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आइतबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शपथ हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button