जन सरोकारस्वास्थ्य

दुई हजारबाट ओरालो लागेन संक्रमण

२४ घण्टामा २ हजार २ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १८ जनाको मृत्यु

आइतबार वितेको २४ घण्टामा देशभर गरिएको परीक्षणमा २ हजार २ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ३४ जनाको पीसीआर परीक्षणबाट १ हजार ५ सय ३९ जना र २ हजार २ सय ३७ एन्टिजेन परीक्षणबाट ६ सय ९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ७ सय १३ जनाको मृत्यु भएको छ ।

यस अवधिमा २ हजार ५० जना निको भएका छन् भने २४ हजार ५८४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा रहेका २ हजार ६८० जनामध्ये ६६६ जनाको आईसीयू र १६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३९४, प्रदेश २ मा ६६ तथा बागमती प्रदेशमा ६९५ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २३२, लुम्बिनीमा १०७, कर्णालीमा २६ र सुदूरपश्चिम प्रदेशमा १९ जना कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ ।

नयाँ संक्रमितमध्ये ६२४ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ४६८, ललितपुरका ८९ र भक्तपुरका ६७ जना छन् ।

यस्तै मोरङमा १८७, कास्कीमा ११४, सुनसरीमा ९४, बागलुङमा ७१, झापमा ६३ र रुपन्देहीमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार सप्तरीमा २९, नुवाकोटमा २६, कञ्चनपुरमा १६, स्याङ्जामा १३, रौतहट र गुल्मीमा १२/१२, सिरहा र धादिङमा ११/११ तथा गोरखा र नवलपरासी पूर्वमा १०/१० जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button