बागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध सो पार्टीका बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
बागमती प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल हो । यस प्रदेशसभामा कांग्रेसका ३७ जना सदस्यमध्ये २१ जनाले दलका नेता लामाविरुद्ध दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हन् ।
कांग्रेस बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलन गरी सा कुराको जानकारी दिनुभएको हो
अध्यक्ष बानियाँले मुख्यमन्त्री लामा नेतृत्वको सरकारले एक वर्षको समयमा कुनै ठोस काम गर्न नसकेको, विकास निर्माणका काम प्रभावकारी नभएको, आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा गठबन्धन दलहरू र प्रतिपक्षी दलहरूसमेत असन्तुष्ट रहेका कारण उहाँविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको जानकारी दिनुभयो ।
यसैबीच मुख्यमन्त्री लामा नेतृत्वको सरकारमा सहभागी कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने जानकारी दिनुभयो ।
उहाँका अनुसार आफूसहित संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले मुख्यमन्त्री लामासमक्ष राजीनामा दिएका हुन् ।





प्रतिक्रिया राख्नुहोस्