खेल
एनपीएल दोस्रो संस्करणको अक्सन साउन २४ गते
नेपाली खेलकूदकै सबैभन्दा लोकप्रिय र विश्वचर्चित बनेको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि यही साउन २४ गते खेलाडी अक्सन हुने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार विज्ञप्ती जारी गर्दै आगामी नोभेम्बर डिसेम्बरमा हुने खेलका लागि दर्ता भएका चार सय ५८ खेलाडीको एनपीएल दोस्रो संस्करणको अक्सन मिति सार्वजनिक गरेको छ ।हो ।
गत असार २८ देखि साउन ६ गतेसम्म खुला भएको खेलाडी रजिस्ट्रेसनमा चार सय ५८ खेलाडीले नाम दर्ता गराएका र दर्ता भएका सबै खेलाडीको नाम एनपिएलका आठवटै फ्रेन्चाइज टोलीलाई पठाइएको क्यानले जनाएको छ ।
क्यान प्रवक्ता छुम्दी लामाद्वारा जारी विज्ञप्तिमा एनपिएलमा सहभागी टोलीले इच्छाएको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेर अक्सनमा सहभागी खेलाडीको अन्तिम सूची केही दिनमा सार्वजनिक गरिने जनाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्