जल/वातावरण

पाँच दिन भारी वर्षाको सम्भावना, विपदबाट बच्न सबैलाई सुरक्षित रहन आव्हान

वर्षा

वर्षा

जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले सोमबार एक विज्ञप्ति जारी गरी १६ गतेसम्म मौसम सक्रिय हुने जनाएको छ ।

सोही अवधिमा अरब सागरबाट पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने बताइएको छ । सोमबारबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले पुनःमनसुन सक्रिय भई पाँच दिन भारी वर्षाको सम्भावना रहेको हो ।

मनसुन सक्रिय भई देशको अधिकाश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यसैबीच राष्ट्रिय विपद न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले एक विज्ञप्ति जारी गरी साउन १६ गते शुक्रबारसम्म ठूलो पानीपर्नसक्ने सम्भावना रहेकाले कतिपय स्थानमा बाढी, पहिरो जानसक्ने र डुबान हुनसक्ने भन्दै सुरक्षित रहन आव्हान गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.