क्रिकेटखेल

नेपाली क्रिकेटमा विश्वस्तरीय खेलाडीको आकर्षण

ईपीएलमा साहिद अफ्रिदी काठमाडौँ किंग्स–११ बाट खेल्ने

पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्नुहुने भएको छ । छयालिस वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँ किंग्स–११ बाट खेल्ने तय भएको हो ।

काठमाडौँ किंग्स–११ ले सोमबार कार्यक्रमको आयोजना गरी पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट प्रतियोगिता, ३९८ एकदिवसीय तथा ९९ टी–२० क्रिकेट प्रतियोगिता खेल्नुभएको थियो । सो क्रममा उहाँले टेष्टमा एक हजार ७१६, एकदिवसीयमा आठ हजार ६४ तथा टी–२० मा एक हजार ४१६ रन बनाउनुभएको छ । यस्तै उहाँले टेष्ट प्रतियोगितामा ४८, एकदिवसीयमा ३९५ तथा टी–२० मा ९८ विकेट लिनुभएको थियो ।

अलराउण्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि सन् २०१८ सम्म खेल्नुभएको थियो । उहाँले अफ्रिदीले विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसक्नुभएको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा हुने तय भएको चौंथो संस्करणको इपीएलमा ६ टोलीको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

वर्ष कोरोना भाइरसको महामारीका कारण इपीएल हुन सकेको थिएन् । इपीएलमा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौँ किङ्स–११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button