समाचार

प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

सरकार बनेको लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार हुन कठिन भैरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भएको छ ।

गठबन्धनका प्रमुख दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबाट मन्त्रीका आकांक्षाी धेरै भैरहेका बेला यस विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई/दुईजना मन्त्री बन्नुभएको थियो । यस्तै, प्रधानमन्त्री देउवाले आइतबार एकजना राज्यमन्त्री थप गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले साउन ३ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिए पनि सबै दललाई मिलाएर अगाडि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button