जन सरोकारस्वास्थ्य

एकैदिन भए यति धेरै संक्रमित, थपिए झण्डै चार हजार

राजधानी काठमाडौं उपत्यका लगायत देशका अधिकांश शहरहरुमा निषेधाज्ञा खुकुलो भएसंगै कोरोना संक्रमित पनि बढ्न थालेका छन् । मंगलबार २४ घण्टाको अवधिमा ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै १ हजार ७ सय ७८ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७ सय २६ जना र ४ हजार ८ सय ६३ एन्टिजेन परीक्षण गर्दा १ हजार सय ७३ गरी ३ हजार ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८५ हजार ५ सय ७३ पुगेको छ । तीमध्ये ९ हजार ७ सय ५८ जनाको मृत्यु भएको छ भने ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ३६ जना रहेका छन् । जसमध्ये २५ हजार ९ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८ सय ९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ६११ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.