राजनीति
बलाधिकृत रथि शर्मा कायममुकायम प्रधानसेनापतिमा मुकरर
सरकारले यही साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।
अवकाशको एक महिना अघि विदा बस्ने परम्परा अनुरुप थापाले २४ साउनबाट विदा बस्ने तयारी गर्नुभएको छ । थापा विदा बसेबाट लागू हुने गरी शर्मालाई कामु सेनापतिको जिम्मेवारी दिन सिफारिस गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्