जन सरोकार

एक वर्षमा दुई हजारभन्दा बढी प्रहरी कारबाहीमा, तीन हजारबढी उजुरी

गत आर्थिक वर्षमा मर्यादा विपरीत काम गर्ने नेपाल प्रहरीका २ हजारभन्दा बढी प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । यसरी कारबाही पर्नेमध्ये  तल्लो दर्जाका प्रहरी जवान सबैभन्दा बढी छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले आर्थिक वर्ष २०८१र८२ को तथ्यांकअनुसार २ हजार ७३ जना प्रहरी कर्मचारी कारबाहीमा परेको जानकारी दिनुभएको हो ।

आइतबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा बोल्दै घिमिरेले २ हजार ७३ प्रहरी कारबाहीमा पर्दा प्रहरी जवानमात्रै ९ सय २४ जना छन् । त्यसैगरी प्रहरी सहायक हवल्दार ४२०, प्रहरी हवल्दार ३४५ कारबाहीमा परेका बताउनुभयो ।

असई १७३, सर्य ६९, वरिष्ठ हवल्दार ६०, कार्यालय सहयोगी ३९, इन्स्पेक्टर ३०, वरिष्ठ सई ९, एसएसपी १ र डीएसपी ३ जना कारबाहीमा परेका छन् ।

यसै गरी उहाँले एक वर्षमा नेपाल प्रहरीका विभिन्न सुरक्षाकर्मीविरुद्ध तीन हजार सात सय ५३ भन्दा बढी उजुरी परेको रतीमध्ये ८१ प्रतिशत पछ्यौंट भएको र ७ सय उजुरी छानबिनकै क्रममा रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.