प्रदेशप्रदेश १

प्रदेश १ मा उच्च जोखिम २४ घण्टामा एक हजार २७० सङ्क्रमित

प्रदेश–१ मा कोरोना संक्रमण उच्च रहेको पाइएको छ । पछिल्लो २४ घण्टामा चार हजार १ सय ८२ जनाको परीक्षण गर्दा एक हजार २७० जनामा कोरोना सङ्क्रमण देखिएको छ भने नौजनाको मृत्यु भएको छ ।

मंगलबार सार्वजनिक गरिएको २४ घण्टाको विवरणमा दुई हजार ४३८ जनाको पिसीआर परीक्षण गर्दा ७११ र एक हजार ७४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१७ मध्ये विराटनगरमा मात्र ७२, सुनसरीमा १८६, धनकुटामा ३१, पाँचथरमा २३, उदयपुरमा आठ, इलाममा छ, तेह्रथुममा तीन, सङ्खुवासभामा एक र प्रदेश बाहिरका १३ जनामा सङ्क्रमण देखिएको छ ।

प्रदेशमा मंगलबार २०२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ७८ महिला र १२४ पुरुष छन् । सोही अवधिमा प्रदेशमा पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button