बिचार

स्वतन्त्र पत्रकारको दृष्टिमा पुष्पलाल, मदन र माधव

पुष्पलाल

आज जीवित भएको भए शताब्दी नजीक पुुगि सकेका हुनुुहुने थियो पुष्पलाल । दुर्भाग्य ! “सधैँ स्वतन्त्रता, सार्वभौमिकता अखण्डताको पक्षमा उभिंदै र साम्राजवाद, उपनिवेशवाद र विस्तारवाद विरुद्ध लड्दै नेपालमा गणतन्त्रको स्थापनाको शंखनाद गर्ने नेपाल कम्युनिष्ट पार्टीका संस्थापक प्रथम महासचिव पुष्पलालले २०३५ साउन ७ गते विदेशी भूमिमा नै देह त्याग गर्नुु परेको थियो ।

तत्कालीन निर्दलीय निरंकुश शासन र उसको क्रुर र जल्लाद चरित्रका प्रशासकहरु पुष्पलालबाट मात्र नभई वहाँको भष्मिभूत अवशेषसँग यति संत्रस्त भएका रहेछन् कि वहाँको अस्थि अवशेष वहाँकोे आफ्नो मातृभूमिमा ल्याउन पनि रोके । आखीर मनमोहन अधिकारीले “तपाईंले त सायद नसक्नु होला, मेरो तर्फबाट राजामा अनुरोध गरि दिनु होस्, पुष्पलालको आस्थिकलश नेपालमा नै विसर्ज पाउँ ।” अन्त्यमा प्र.मं. ले जाहेर गरे गरेनन् तत्कालीन राजापनिडराए कि के भयो ? अनुुमति दिएनन् ।

दिल्ली वा पटनाको बाटो गरी अस्थिकलश ल्याईदैछ” भन्ने हल्लाको पछाडि शासन प्रशासनको ध्यान केन्द्रित गराउँदै सिमराबाट वहाँकोे आस्थिकलश एयरपोर्ट सुटुक्कल्याई विमान स्थलदेखी विष्णुमती दोभान–जहाँ वहाँका सहोदर दाजू गंगालाललाई गोली हानी शहीद बनाईएको थियो –सम्म हजारौं नगरवासी र वहाँका समर्थकहरुको उपस्थितिमा साउन १२ गते विसर्जन गरिएको थियो ।

यथार्थमा भन्ने मान्ने हो भने निरंकुश निर्दलीय पंचायती अँध्यारो त्यस कालखण्डमा पुष्पलालको भस्मले राजधानीमा राजनीतिक पुनर्जागरणको प्राण संचार गराएको थियो । एउटा उत्साह, उमङ्ग र संघर्षको सन्देश दिएको अनुभव भएको थिया,े शोभाभगवतीको वगरको जनसागरको मनोविज्ञान पढ्दा । एयरपोर्टमा डेढ, दुई हजराको जनसमूहबाट शुरुभएको मौन आस्थिकलश यात्रामा सहभागीको संख्या त्यसबेलाको अंचलाधीश कार्यालय (रत्नपार्क) पुग्दा २० हजर करीब पुगेको थियो भने शहरभित्र बाट शोभाभगवती पुग्दा झण्डै एकलाखको हाराहारी पुगेको थियो । संभवत त्यसैको प्रेरणा, प्रभाव र पराकम्प थियो कि ? त्यसको ६–७ महिना भित्रै त्यसताका भूमिगत रहेरै आफ्नो संगठन सुदृढ र विस्तार गर्दै रहेका रोहित (नारायणमान विजुुक्षे “रोहितको”) नेतृत्वले तत्कालीन सरकारले भक्तपुरमा डेढ दुईवर्ष अघिदेखि “पंचायत तथा जग्गा विकास एवं स्थानीय विकास कर”को नाममा किसानको थाप्लोमा लादेको, “अतिरिक्त कर” खारेजीको माग गर्दै किसानहरुले प्रत्येक जसो रातमा मसाल जुलूस निकाल्दै विरोध प्रदर्शन गर्न थालेर अन्ततः खारेज गराएका थिए ।

तर त्यसबेलासम्म कैयन् समूहमा विभाजित भई आ–आफ्नो अखडा कायम गरी रहेका कतिपय कम्युनिष्ट नेताहरुले भने पुष्पलालको त्यसरी असमयमा नै देहावशान भएपछि “अब आफ्नो समूहको प्रभाव र संगठन विस्तार गर्न सहज भएको” भनेर रमाएको भन्ने पनि सुनियो । त्यसमा २०२६–२७ साल तिर पुष्पलाललाई “गद्दार, काँग्रेस परस्त” आदि शब्दले गाली गर्दै कोशी पूर्वतिर लागेका र उत्तर वंगालको “नकसलवादी आन्दोलन”का अगुवा कानूूसन्याल, चारु मजुमदारका अनुयायी भई सामन्तको टाउको काटेर नेपालमा व्रmान्ति गर्न सकिन्छ” भन्नेदेखि “चौ म समूहका नेताहरुसम्म थिए ।” तिनैले “गद्दार पुस्पलाल” भनेर आफ्नो पार्टीबाट निर्णय गरी लेख लेख्ने र बुलेटिन प्रकाशन गर्ने काम गरेका थिए ।

जब पुष्पलाल वितेको १२ वर्ष पछि (२०४७ साल) को खुला वातावरणमा तत्कालीन पश्चिम वंगालका मुख्य मन्त्री ज्योतिवसुुको प्रमुख आतिथ्यतामा भारतका माक्र्सवादी कम्युनिष्ट पार्टीका नेता हरकिसन सिंह सुरजित र भाकपा नेता चतुरानन मिश्र, जस्ता स्थापित नेताहरु समेतको उपस्थितिमा ने.क.पा. माक्र्सवादीले पुष्पलाल स्मृति दिवस मनाएको थियो । त्यस्मा नेपालका विभिन्न कम्यूनिष्ट समूहका नेताहरुलाई पुष्पलालप्रति आ–आफ्नो पार्टी (समूह)का तर्फबाट श्रद्धाञ्जलि दिन बोलाईएको थियो । तिनै मध्ये चौ.म.का नेता निर्मल लामाले बोल्न प्रारम्भ गर्नु पूर्व नै “हामीले पुष्पलाललाई “गद्दार” भनेर जुन ठूलो अपराध गरेका थियौं, हामीले त्यस्तो भन्नु–गर्नु गल्ती थियो, त्यस्का लागी हामीले आत्मालोचना गर्दछौं ।

यसरी आत्मालोचना गरेपछि अब म पुष्पलालप्रति शब्द श्रद्धासुमन अर्पण गर्छु” भन्दै “पुष्पलालले उसै वखत लिएको संयुक्त जन आन्दोलनको नीति ने.का.का. नेता वी.पी कोइराला र हामी २०४७ सालमा वामसमूह गठन गर्ने कम्युनिष्टहरुले अख्तियारगरी निर्दलीय निरंकुश पंचायती तानाशाही विरुद्ध संयुक्त आन्दोलन गरेको भए आज भन्दा झण्डै १२ वर्ष अगाडि नै प्रजातन्त्र पुनस्थापित गरिसकेका हुन्थ्यौं” भन्नुुभएको बाट पुष्पलालको नीति र उहाँले हिँडेको नयाँ जनवादी बाटो नै कालान्तरसम्म सही थियो भन्ने देखिन्छ ।

मदन भण्डारी

२०४६ सालको उत्तराद्र्धमा नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान र पुष्पलाल पत्नी साहानाको नेतृत्मा संयुक्त जन आन्दोलन भयो । झण्डै डेढ महिनामा नै राजाले घुँडा टेक्नुप¥यो । पञ्चायती व्यवस्था ढल्यो । २०१७ सालमा अपहरित बहुदलीय संसदीय प्रजातान्त्रिक शासन प्रणाली पुनःस्थापित भयो । २०४७ सालमा तत्कालीन ‘माले’ र “माक्र्सवादी” पार्टी वीच एकीकरण भयो । संगठनात्मक दृष्टिले निकै विस्तारित र सुदृढ मालेका महासचिव र लामो त्याग र संघर्षबाट स्थापित भएका मनमोहन अधिकारीहरुको माक्र्सवादी पार्टीबीच वरावरको स्थान मान हुने गरी मदन भण्डारीको सकृयतामा मनमोहनको अध्यक्षता र मदन भण्डारी महासचिवको नेतृत्वमा नेकपा एमालेको स्थापना भयो ।

२०४८ सालको शुरुमा नै प्रतिनिधिसभाको लागि प्रतिनिधिको निर्वाचन सम्पन्न भयो । ने.का.ले बहुमत सहितको सरकार गठन गरे पनि ने.क.पा. एमालेले संमानजनक सशक्तप्रतिपक्षमा बस्ने जनादेश पायो । त्यतिमात्र नभई वहाँले (मदन भण्डारीले) पहिलो आम निर्वाचनमा ने.का.का सभापति एवं वहावाला प्रधानमंत्री, वी.पी. का समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई ने.का.को सुदृढ गढ मानिएको निर्वाचन क्षेत्रबाट पराजित गरी राजधानीभित्रकै दुईवटै निर्वाचन क्षेत्रबाट विजयी हुनुुभयो । एमालेका महासचिव मदनभण्डारी निकै नै जनप्रिय नेता भई सकेको भएपनि वहाँले नै मनमोहन अधिकारीलाई एमालेको संसदीय दलको नेतामा स्थापित गरी आफु उपनेताको ठाउँमा सहर्ष बस्नुु भयो ।

२०४९ साल फागुनको पहिलो हप्ता तिर “एकताको पाँचौ महाधिवेश” काठमाडौंमा सम्पन्न भयो । त्यसले मदनभण्डारीको “जनताको बहुदलीय जनवाद” को नीति र कार्यक्रमलाई अत्यधिक बहुमतले स्वीकृत ग¥यो । त्यसरी नेपालभित्र मात्र नभई अन्तराष्ट्रिय जगतभर समेत चर्चित र परिचित भई सकेका सर्वाधिक लोकप्रिय नेताको २०५० को प्रारम्भ (३जेठ) मा चितवनको दास ढुंगामा रहस्यमय तरिकाले मोटर (जीप) दुर्घटनामा परी देहावशान भयो ।

त्यसपछि एमालेमा दिशाशूून्यता र सशक्त नेतृत्व विहिनताको स्थिति उत्पन्न भयो । झण्डै “शहरविचको अग्लो र विशाल नयाँभवन नै एकाएक गल्र्यामगुर्लुम, घराशायी भए जस्तो” भयो । एमालेको एकीकरण पछि भर्खर सुसंगठित र सुदृढ हुँदैजाने व्रmममा रहेको सत्तासीन ने.काको समानान्तर पार्टीलाई त्यतिठूलो दुर्घटनापछि पुन निर्माण गर्ने मात्रै नभई अझ सशक्त, सुदृढ, सर्वाधिक संगठित, एवं शक्तिशाली बनाउँदै सिंहदरबार भित्रको सत्ता नियन्ता बनाउन सक्ने परिपक्व र सकृय नेताको अभावको चिन्ता एमालेका शीर्ष तह देखि प्रारम्भिक तहका संगठनमा आवद्धहरु सँगै एमालेका समर्थक शुभ चिन्तक सबैमा आए छाएको थियो ।

माधवकुमार नेपाल

त्यस बेलासम्म सशक्त र श्रोताहरुलाई घण्टौं सम्म भाषण गर्दा पनि मन्त्रमुम्ध पार्ने मदनभण्डारी जस्तो (मास लिडर) को रुपमा नदेखिए नभएका माधव नेपालको थाप्लोमा एमालेले त्यो महासचिवको सम्पूर्ण अभिभारा बोकाई दियो । एमाले भित्रका अनेकन दुःशासन र शकुनीको षड्यन्त्रको घेराभित्र, मदनभण्डारीले हाँकेको महासचिव पदमा बसेर पार्टीको महासचिवको जिम्मेदारीको भूमिका निर्वाह गर्नु भनेको असंख्य विच्छी र सापहरुको वीच बसेर फलामको च्यूरा चपाउँदै पचाउनुु र बाँच्नु जस्तै थियो ।

तर मदनभन्दा शारीरिक रुपमा सानो कद–गाँठीकाm जोखिम उठाउन र पार्टी सुविस्तारित, सुसंगठित र सुदृढ बनाउन सबैभन्दा सधैं मरिमेट्ने, सार्वधिक वलशाली एवं “आँटिला” माधव नेपाल पार्टीले आफ्नो थाप्लोमा बोकाइ दिएको जतिसुकै ग¥हौं भारीभएपनि साहसिकता साथ बोक्दै अघि बढ्नुुभयो । नेपालका सुगम मात्र नभई सुुदूूर गाउँका वडा र बस्तीदेखि प्रवासमा सम्म पनि प्रतिस्पर्धी ने.का पार्टी जस्तो सवल र स्थापित पार्टीलाई विस्थापित गर्न र पछाडि पार्न वा उछिनेर अगाडि बढ्न सफल हुनुुभयो ।

त्यसरी हेर्दा ने.क.पाका संस्थापक महासचिव पुष्पलाल एउटा विचारक र सिङ्गो कम्युनिष्ट पार्टीको केन्द्र हुनुहुुन्थ्यो । रायमाझीदेखि तुलसीलाल, मोहनविक्रम जस्ता सशक्त र स्थापित नेताले पार्टी फोडेर लैजान खोज्दा चोइट्याएर मात्र लगे फोड्न सकेनन् । अझ तुलसीलालले “कुन बाटो” भनेर वैचारिक विचलन ल्याउन खोज्दा पुष्पलालले “मूलबाटो” भनेर अर्काे दस्तावेज निकाल्नुुभयो । पार्टी भित्र वैचारिक विचलन आउन दिनुुभएन । कुनै पनि समूह सँग सम्झौता गर्ने र आफ्नो छाताभित्र तान्ने प्रयासपनि गर्नुुभएन । मदन भण्डारीले “माक्र्स लेनिनको दर्शन, विचार र पुष्पलालको कार्य नीतिलाई युग सापेक्ष रुपान्तरित गरी ज.ब.ज को नयाँ दिशा दिनुुभयो ।

माधव नेपालले मदन भण्डारीले प्रतिपादन गरेको जवजलाई आफ्नो पार्टीको मूल कार्य–नीति, रणनीति र मार्गदर्शक आधार बनाउनुुभयो । सरकारले आतंकवादी भन्दै टाउकाको मोल तोकेका सशस्त्र जनविद्रोहकालागी लागिपरेका भूमिगत माओवादी नेताहरु खोज्दै टाउकोमा कात्रोबाँधेर भेट्न जाने सम्मको जोखिम उठाउने काम गर्नुभयो । त्यसरी वृहद कम्युनिष्ट पार्टीको निर्माणका अग्रपंक्तिका योध्दा बनेका माधव नेपालको विगतलाई सायदकसैले अस्वीकार गर्न नसक्ला ।

एमाले पार्टी निर्माणकाल भर पार्टी निर्माण र विस्तारका लागि मरिमेटेर लागि परेका माधवले आफ्नो विरुद्ध षड्यन्त्र गर्ने, गफ गुड्डी हाँक्दै, कुप्रचार गर्नेहरु विरुद्ध लड्दै अगाडि बढ्नुुभयो । संकटको चौतर्फी भूमरीमा फँसेको एमालेलाई मात्र नभई सिङ्गो कम्युनिष्ट आन्दोलनको धारालाई नै समेटेर एउटा अपराजेय मूल धाराको रुपमा अगाडि बढाउन सकिन्छ भन्नेमा लागेको देखियो ।

त्यति हुँदाहुँदै पनि विडम्वना भनौं या के भनौं ! नेपोलियन बोनापार्ट प्रथमले जसरी “हे ईश्वर ! मलाई मेरो घरभित्रका शत्रुहरुबाट रक्षा गर, बाहिरका सबै शत्रुहरुसंग त म आफैं लड्न सक्छु” भनेका थिए त्यस्तै भयो । त्यसरी एमालेलाई सुदृढ सवल र अपराजेय बनाउँदै वृहद कम्युनिष्ट पार्टी बनाउने भगिरथ प्रयास गर्दै अगाडि बढेका माधव नेपाललाई फेरी भित्री, बाहीरी शक्तिले अर्काे दास ढुंगातिर पु¥याउने षड्यन्त्र गरेर त सिध्याउने अाँट गरेनन् । तर वहाँकोे नेतृत्वमा नेपालमा गणतन्त्रात्मक शासन व्यवस्था सफल पार्न सिङ्गो एमाले लडिरहेको बेला “हाम्रा साथीहरु वयलगाढा चढेर अमेरिका पुग्ने चेष्टा गर्दैछन् . हा ऽ हा ऽ हा ऽ भनेर खिल्ली उडाउनेलाई अदृश्य ठाउँबाट एमालेको नेतृत्वमा स्थापित गरियो । त्यसपछि पुष्पलाल–मदनदेखि माधवसम्मको अनवरत वगेको रगत पसिनामा हुर्केबढेको कारणले नेपालमा गणतन्त्रात्मक संविधान अधीन भएको निर्वाचनमा झण्डै दुई तिहाईको हाराहारीको शिखरमा पुगेको सिङ्गो कम्युनिष्ट नेतृत्वको शासनसत्ता “बाँदरको हातको नरिवल” जस्तो भयो ।

त्यसरी घराशायी र ध्वस्त पार्नेमा अरुतिरबाट गलहत्याइएका र लत्याइएका नवशीर्ष नेतृत्वदेखि काकस समूह र बालुवाटारको रछान चाहार्ने भजने भोजने भाडाका लडाकासम्मको शक्ति मात्र लागेन– माफिया, विचौलिया, कमिशन एजेण्टदेखि “कम्युनिष्ट शक्तिलाई अन्तध्र्वंश गरेर मात्र आफ्नो स्वार्थ सिद्ध गर्न सकिन्छ” भन्ने सोचेका भित्री बाहिरी शक्तिसम्म एमालेका स्तम्भ र खम्बाहरु ढाल्न पूरा निर्वस्त्र भई लागिपरेको देखिन्छ । यही अवस्थाबाट आज सिङ्गो एमालेमात्र नभई नेपालको वामपन्थी राजनीति नै गुज्रिरहेको छ । यस्तो स्थितिको जीवन्त र ज्वलन्त साक्ष्य के.पी. ओली र वहाँका भाडाका लडाका उदण्ड अनुचरहरुबाट सुनिएको “देशद्रोशी, राष्ट्रघाती, लाल गद्दार” को स्याल हुइयाँ नै हो । यद्यपि निरंकुश, स्वेच्छाचारी तानाशाहहरुले आफैलाई देश र राष्ट्र भन्दै संविधान, विधि–विधानभन्दा आफूलाई माथि ठान्छन् मान्छन् । त्यो स्वभाविकै थियो ।

तर यसरी अनाडी, विक्षिप्त र सनकी चालकले हाँकेको एमाले गाडी भड्खारोको डीलमा पुगेको देखिँदैछ । यस्तो बेला उसलाई चालकको सीटबाट हटाएर पुनः सिङ्गो संगठन (पार्टी) र त्यसभित्रका सबारहरुको अस्तित्व सकुशल रक्षा गर्नेलाई नै चालक सीटमा राख्नुु बुद्धिमत्तापूर्ण ठहर्छ । त्यसको निर्विवाद विकल्प भनेको अहिले भित्ता पुु¥याएर सिध्याउने दुश्चेष्टा गरिएका माधव सहितका सतत् संघर्षशील र स्थापित नेताहरुलाई ससम्मान नेतृत्वमा पुनःस्थापना गर्नु नै हो । त्यस्तो सद्वुद्धि एमालेका सबैमा आओस् । शुुभकामना !

(युगसम्वाद साप्ताहिकबाट)

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button