राजनीति

पार्टी एकताको प्रयास जारी- माधव समूह सरकारमा नजाने

पार्टी एकताको प्रयास भैरहेको निष्कर्षसहित प्रमुख विपक्षी दल नेकपा एमालेको माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको गठब समूहले तत्काल सरकारमा सामेल नहुने बताएको हो ।

माधव कुमार नेपाल

गठबन्धनको बैठकमा नेता माधवकुमार नेपाल समूहको प्रतिनिधित्व गर्दै डा. विजय पौडेल सहभागी हुनुहुन्थ्यो । बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेपछि पौडेलले पार्टी एकताको टुंगो नलाग्दासम्म सरकारमा आउने सम्भावना नरहेको बताउनुभएको थियो ।

त्यसै गरी बैठकमा राष्ट्रिय जनमोर्चाले पनि सरकारमा नजाने बताएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरुलाई सरकारमा जाने म्यान्डेट जनताले दिएका नदिएकाले सरकारमा नआउने बताउँदै राम्रो कामको समर्थन र नराम्रो कामको विरोध रहने कुरा प्रधानमन्त्री देउवासामु राख्नुभएको थियो ।

बैठकमा अध्यक्ष केसीले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएर गलत गरेको बताए पनि प्रधानमन्त्रीले कुनै जवाफ नदिएको केसीले बताउनुभयो ।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले भने सरकारमा सहभागी हुनेहरुको नामावली छिट्टै उपलब्ध गराउने बताउनुभएको थियो ।

बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिएको र छिटो मन्त्रिपरिषद विस्तार गर्ने निर्णय भएको छ । हाल सरकारमा कांग्रेस र माओवादीका दुई(दुई जना मन्त्री र एकजना राज्यमन्त्री मात्र छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.