राजनीति

परीक्षाअघि विद्यार्थीलाई खोप दिन निर्देशन

यही साउन ३१ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा अघि विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिइएको छ । आज बसेको संसदको शिक्षा तथा स्वास्थ समितिले सरकारलाई सो निर्देशन दिएको हो ।

बैठकपछि समिति सभापति जयपुरी घर्तीले ४ लाख विद्यार्थी छन् भने उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिले सुझाव दिएको बताउनुभयो ।

कक्षा १२ को परीक्षालगायतका विभिन्न विषयमा संसदीय समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो । समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

यस्तै समितिले बढी विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न कठिनाइ हुन सक्ने भएकाले बढी केन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न भनेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.