राजनीति

रायमाझीसहितका चार नेता पुनर्वहालीको माग गर्दै सर्वोच्चमा

पार्टीबाट अनुशासनको कारबाहीमा परी सांसद पद गुमाएका नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

बुधबार नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।

गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि रामबहादुर थापा बादलसहित माओवादी छाडेर एमाले प्रवेश गरेका उहाँहरुलाई माओवादी केन्द्रले कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको थियो ।

दोस्रोपटक प्रतिनिधिसभा पुनःस्थापना गरी संविधानको धारा ७६(५) अनुसार कसलाई समर्थन गर्ने भन्नेमा सांसदहरु स्वतन्त्र भएको निष्कर्षसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि सांसद पदबाट मुक्त भएको तीन महिनापछि उहाँहरुले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button