प्रबास

ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’

अमेरिकाको न्युयोर्कमा स्थापित ग्लोबल नेपालीद्वारा स्थापित ‘ग्लोबल हिरो अवार्ड’बाट यस वर्षको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेपाल विद्यत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको छ ।

अमेरिकाको न्युयोर्क शहरमा आयोजित भव्य समारोहमा शाही र घिसिङको राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदर स्वरूप यो अवार्ड प्रदान गरिएको हो ।

न्युयोर्कमा आयोजना भएको यो कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

अवार्डपछि शाहीले विदेशमा हुने सबै नेपालीहरुप्रति आभार व्यक्त गर्दै अवार्डको श्रेय जुम्ली, कर्णालीका साथै देश विदेशमा रहेका सुशासनको पक्षमा बोल्ने नेपालहरुप्रति समर्पित गरेको बताउनुभयो ।

त्यसै गरी नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले अवार्डका लागि आभार व्यक्त गर्नुभयो । ग्लोबल नेपालीले नेपाली प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर उनीहरूको योगदानलाई उच्च कदर गर्दै आएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.