साहित्य

कबिता : पैसाको पावर

ग्रिष्मा पौड्याल  टोक्यो जापान

पैसाले किनेको पद हो हजुर, के नै गर्न नमिल्ला र यहाँ ।
जे छ पैसामा मै छ भन्छन् सब थोक किन्न मिल्ने शहर यहाँ ।।

संसद पैसामा किनबेच गर्ने देसको हो म नागरिक हजुर,
अझै कति देख्छु पर्ने हो पावरले किनेको इन्जीनियर र डाक्टरहरू यहाँ ।

भोट किने, साम्सद किनेरे देस बेच्ने लाइसेन्स नै यहाँ।।
त्यही पैसाको स्वाद पाएर होला नजानेको के नै छ र यिनले यहाँ ।।

तर डराउँदै छन् रे आजभोलि, जान्छ कि किनेको पद पनि भनि
मरीहत्ते गरि बोलाउँदै छन रे हेर्नलाई हात यिनका ज्योतिष यहाँ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.