जापान

सात महिनापछि जापानमा एकैदिनमा नौहजारमा संक्रमण

विश्व खेलकूदको महामेला चलिरहेको जापानमा कोरोना संक्रमणको नयाँ रिकर्ड कायम हुन थालेको छ । बुधबार साँझ सार्वजनिक गरिएको पछिल्लो विवरण अनुसार एकैदिन पहिलोपटक ९ हजार संक्रमित भएका छन् ।

समाचार अनुसार गत जनवरी ८ मा सबैभन्दा बढी संक्रमित थपिएका थिए । त्यतिबेला ७ हजार ९ सय ७५ जनामा संक्रमण भएको पुष्टि भएको थियो भने जुलाई २८ मा त्यो संख्या पार गरेर ९ हजार पुगेको हो ।

यसै गरी राजधानी टोकियो महानगरमा बुधबार ३ हजार १ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । अघिल्लो बुधबार १ हजार ३ सय ४५ थियो भने अहिले यसको दोब्बरभन्दा बढी वृद्धि भएको छ । । टोकियोमा लगातार दुई दिन दैनिक संक्रमितको संख्या ३ हजारभन्दा माथी पुगेको छ ।

त्यसै गरी टोकियो नजिकका अन्य ३ प्रान्तहरुमा पनि संक्रमितको संख्या उच्च रहेको छ । कानागावामा १ हजार ५१, साइतामामा ८ सय ७० र चिबामा ५ सय ७७ जनामा संक्रमणको पुष्टि गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.