राजनीति

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

सरकार गठन भएको दुई हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएपछि आलोचना खेपिरहेको गठबन्धनका नेताहरुबीच यस विषयमा छलफल तीब्र भएको छ । यसै क्रममा आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

यस्तै बुधबार मात्र मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो ।

कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई/दुईजना मन्त्री राखेर मन्त्रिपरिषद गठन गर्नुभएको थियो । यस्तै प्रधानमन्त्री देउवाले गत आइतबार एक राज्यमन्त्री थप गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले साउन ३ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएपछि सबै दललाई मिलाएर अगाडि बढ्ने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button