जल/वातावरण

नेपालमा बाघको सङ्ख्या दोब्बर, संरक्षणमा चुनौती

विश्व बाघ दिवसको अवसरमा नेपालले बाघको अस्तित्वः मानवको दायित्व’नाराका साथ मनाएको छ । नेपाल बाघको संख्या वृद्धिको लक्ष्यमा सफल भएको छ र अब यसको संरक्षणमा नयाँ चुनौति थपिएको छ ।

विश्वबाट बाघ लोप हुने अवस्थामा पुगेपछि सन् २०१० मा विश्वका बाघ पाइने नेपालसहित १३ वटा मुलुकका प्रमुखको सहभागितामा रुसको सेन्ट पिटर्सवर्गमा विश्व बाघ सम्मेलन भएको थियो ।

सम्मेलनमा नेपालले पनि बाघको सङ्ख्या सन् २०२२ सम्म १२१ बाट दोब्बर बनाइ २५० वटा पुर्याउने प्रतिबद्धता जनाएको थियो ।

सन् २०१८ को गणनाअनुसार नेपालमा बाघको सङ्ख्या २३५ पुगेको छ । सन् २०१० मा नेपालमा १२१ बाघ रहेकोमा हाल २५० बाघ पुगेको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले जैविधि विविधताको व्यवस्थापन, बास, आहार व्यवस्थापनले नेपालमा बाघको सङ्ख्या बढेको बताउनुभयो । उहाँका अनुसार विश्वभर तीन हजार ९०० बाघ छन् ।

पाटे बाघ नेपाल, भारत, बङ्गलादेश र भुटानमा मात्रै पाइन्छ । विश्वमा नौ प्रजातिका बाघ पाइए पनि अहिले छ प्रकारका बाघ पाइन्छ । तीन प्रजाति लोप भइसकेका छन् ।

उहाँले नेपालमा बाघको सङ्ख्या २५० नाघिसकेको अनुमान गरिएको र संरक्षण व्यवस्थापनका साथै कति सङ्ख्या पु¥याउने भन्ने स्पष्ट रणनीतिका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । बाघमा रेडियोयन्त्र राखेर उसको गतिविधि अध्ययन भइरहेको र प्रतिमहिना औषतमा एक जना मान्छेलाई बाघले आक्रमण गर्ने गरेको प्रकृति संरक्षण कोषले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.