एन आर एन न्युजजापान

एनआरएनए जापानको निर्वाचन जारी (ताजा अपडेट)

ताजा जानकारी अनुसार ७ः३० बजेसम्म ८१ प्रतिशत, कुल मतदातामध्ये ७६२५ मत खसेको छ

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमिति २०२१-२३ का लागि जारी आज विहान १० बजेबाट सुरु भएको निर्वाचनमा मतदान जारी छ ।

निर्वाचन आयोगका अनुसार साँझ ७ः३० सम्म ८१ प्रतिशत मतदान सम्पन्न भएको छ । कुल ९ हजार ३ सय ९४ मतदातामध्ये ७ हजार छसय २५ मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार दिउँसो ५:३० सम्म ७६ प्रतिशत मतदान सम्पन्न भएको छ । कुल ९ हजार ३ सय ९४ मतदातामध्ये ७ हजार एकसय ४२ मत खसेको छ ।

साँढे चारबजेसम्म ७१ प्रतिशत मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार ९३९४ मतदातामध्ये ६६८३ मत खसेको छ ।

निर्वाचन प्रकृयामा दिउँसो ३ः३० बजेसम्म ९३९४ मतदाता मध्ये ६३ प्रतिशत ५९०८ मत खसेको छ ।

राति ८ बजेसम्म हुने मतदान प्रक्रिया पश्चात तुरुन्तै नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ । निर्वाचन समितिका अनुसार नतिजा निर्वाचन समितिको वेवसाईट र एनआरएनए जापानको फेसबुक पेजबाट जानकारी गराइने छ ।

यस पटक कुल २९ पदका लागि ५९ जनाले उम्मेदवारी दावी गरेका छन् । अध्यक्ष पदमा मात्र पाँच जनाले दावी प्रस्तुत गरेका छन् भने सवैभन्दा धेरै उम्मेदवार उपाध्यक्ष र सदस्य पदमा परेको छ । चार जनाको उपाध्यक्ष पदमा ११ जनाले दावी गरेका छन भने सात जनाको सदस्य पदमा १८ जनाले दावी गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.