एन आर एन न्युजजापान

एनआरएनए जापानको अध्यक्षमा शिवप्रसाद पौडेल निर्वाचित (मत परिणामसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्ष शिवप्रसाद पाैडेल निर्वाचित भएका छन ।

नयाँ कार्यसमिति २०२१-२३ का लागि शुक्रबार सम्पन्न निर्वाचनमा कुल भाेट मध्ये ३०३८ मत ल्याएर पाैडेल अध्यक्षमा चुनिएका हुन।

अध्यक्ष पदमा दावी गर्ने अनिता गुरूङले १८६९ मत, नरेन्द्र बस्नेत दिनेश १२४५, किरण बर्मा १२२८ मत र  सरोजकुमार खत्रीले १२१ मत पाएका छन।

यस्तै विरिष्ठ उपाध्यक्षमा नवीन निउरे ३९९३ मत ल्याएर विजयी भएका छन। भने उनका प्रतिस्पर्धी छत्रबहादुर दाहालले ३२०१ मत पाए। यता चार जनाकाे उपाध्यक्ष पदमा राम थापा अनिलले सर्वाधिक मत २७८०, राजकुमार अधिकारी २६५९ मत, रामकृष्ण श्रेष्ठले २६४९ र महेशकुमार कटवालले २०२१ मत ल्याएर विजयी भए।

यस्तै अन्य प्रत्यासीमा बिकास बस्नेतले १९५९, विष्णुप्रसाद घिमिरेले १७९४, टिकाराम कँडेलले १७८४, जीवन गुरूङले १७१०, बालकृष्ण कँडेल हिमालले १६११, जनकविक्रम शाहीले १५२० र बुद्दिराज घिमिरेले १०५१ मत पाए।

यस्तै महिला उपाध्यक्ष पदमा संगीता अधिकारी सुवेदीले ३८२२ मत पाएर विजयी भइन भने प्रतिस्पर्धी कालिका थापाले ३४०१ मत पाइन। यता महासचिव पदमा सिद्दार्थ श्रेष्ठले ३७२२ मत ल्याएर विजयी भए भने अर्का उम्मेदवार टिकाराम खरेलले ३४८४ मत पाए। काेषाध्यक्ष पदमा कृष्ण गैरे शर्माले बाजी मारे उनले कुल ३१६७ मत पाउदाँ सचिन श्रेष्ठले २१५३ तथा कृष्णप्रसाद खनालले १९१५ मत पाए।

यता युवा संयाेजकमा राकेश लामाले सर्वाधिक मत ल्याउदै निर्वाचित भए । उनले कुल मतदाता संख्याकाे ६७.९ प्रतिशत ४६५२ मत ल्याए भने उनका प्रतिस्पर्धी राजेश खनालले २१९७ मत पाए।

यसैगरि सदस्य पदमा ४०२७ सर्वाधिक मत ल्याउदै प्रकाश लामिछाने, राजु भण्डारी सुनिलले ३०६४ मत, भीमसेन रायले ३०१२ मत, दिलिप कँडेले २७२८ मत, माेहन सिंह मडैले २६२८, चन्द्रकुमारी केसीले २५६२ र लक्ष्मीकेसी महजर्नले २२६९ मत पाएर विजयी भए। भने राम बहादु खत्रीले २१८४, कृष्णबहादुर थापाले १९२७, सुरेश सापकाेटाले १७७४ मत, रामप्रसाद शर्मा धनपति १६११ मत, रामु कँडेलले १४१५ मत, थमबहादुर क्षेत्रीले १४०७ मत, राजु पनेरूले १३६६ मत, विनय गुरूङले १२१४ मत, मन्जु गिरीले ८९२ मत, फडिन्द्र पहाडीले ७८२ र तारा बहादुर कार्कीले ५३९ मत पाए।

यसैगरि अन्तराष्ट्रिय समन्वय समिति सदस्य पदमा सर्वाधिक मत ४१८७ मत ल्याउदै दीपक कार्की, ४१२८ मत ल्याउदै सुपेन्द्र घिसिङ्, ३७४५ मत ल्याउने नरबहादुर थापा, ३६७४ लक्ष्मण बानिया, श्रवणकुमार सत्याल ३५८१ र राेविनप्रसाद शेरचनले ३५०८ मत पाएर विजयी भए।  यस्तै साेही पदका प्रत्यासी डा.बलराम श्रेष्ठले ३२५८ मत तथा रामहरी पुडासैनीले २६७९ मत पाए।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button