राजनीति

अब पार्टीमा खुट्टा तान्ने कोही नभएकाले चुनावमा बहुमत आउँछ : ओली

माधव नेपालका लागि पार्टीमा ठाउँ छैन, बाटो बिराएका अरुलाई भने पार्टीमा फर्किन आव्हान

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीमा खुट्टा तान्नेहरु कोही नभएकाले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गर्नुभएको छ ।

शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधनन गर्दै ओलीले पार्टीमा अब माधव नेपालका लागि ठाउँ नभएको स्पष्ट गर्दै सो धारणा राख्नुभएको हो ।

त्यस क्रममाा उहाँले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिने माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताउनुभएको हो । अध्यक्ष ओलीले बाटो बिराएका अरुलाई भने पार्टीमा फर्किन आव्हान समेत गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने’ उनले भने ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button