सभामुख निवासमा कार्यरत सुरक्षाकर्मीमा कोरोना संक्रमण, परिस्थिति अनियन्त्रित भए लकडाउन गर्ने तयारी
काठमाडौंमा कोरोना भाइरस संक्रमण बढिरहेका क्रममा सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सभामुख सापकोटाको सचिवालयका अनुसार ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुख निवास आएको देखिन्छ । शुक्रबार ती सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएपछि अरू सुरक्षाकर्मीको भने शुक्रबार नै स्वाब संकलन गरिसकिएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले दिएको जानकारीअनुसार सभामुख निवासमा कार्यरत एक सुरक्षाकर्मीमा कोरोना देखिएको हो ।
सभामुख निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि उहाँसहित निवासमा कार्यरत अरूको पनि स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी छ । संक्रमित सुरक्षाकर्मी सभामुखको सुरक्षाका लागि अगुवा गाडिमा रहने प्रहरी हुन् ।
यसैबीच पछिल्लो समय कोभिड-१९ का बिरामी बढ्दै गएको र परिस्थिति काबुबाहिर गए लकडाउन गर्न सकिने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताउनुभएको छ ।
उहाँले भन्नुभयो हालसम्म लकडाउनको तयारी छैन तर परिस्थिति भड्कियो भने जुनसुकै बेला हुनसक्छ भन्दै पहिला हामीले खुकुलो गर्दा पनि पछि प्रतिकूल अवस्था भयो भने यो भन्दा कडा लकडाउनको सामना गर्नुपर्ने परिस्थिति आउन सक्छ भनेर भनिएको स्मरण गराउनुभयो ।
त्यस्तै उद्योग वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्टले परिस्थिति अनुसार ठाउँ विशेषमा सिल गर्न सकिने बताउनुभयो ।उहाँले ुउपत्यकामा विशेष गरी कोभिड(१९ का बिरामी बढ्नेजस्तो संकेत देखिएको र त्यसलाई कसरी नियन्त्रण गर्ने समुदायमा फैलिन नदिन के गर्ने भन्ने सिसिएमसीमा पनि छलफल भएको बताउनुभयो ।
सो त सिसिएमसीले अहिले नै लकडाउन गर्ने बेला नभएको भन्दै मानिसको आवतजावतमा भने कडाइ गर्ने निष्कर्ष निकालेको छ । बाहिरबाट मान्छेहरू ल्याउन खोज्ने र आउने पनि आउन खोज्ने प्रवृत्ति बढी देखिएकोले यातायातमा अलि कडाइ हुने बताइएको छ ।