जन सरोकार
बालगृहका २ कर्मचारी र २० जना बालबालिकामा कोरोना सङ्क्रमण
मकवानपुरस्थित भीमफेदी बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । २२ जनामध्ये २ जना कर्मचारी र २० जना बालबालिका रहेका छन् ।
![Corona](https://www.nepaljapan.com/wp-content/uploads/2021/01/Corona-1.jpg)
भीमफेदी गाउँपालिका–६ स्थित नेपाल बाल सङ्गठनअन्तर्गतका सो बालगृहमा एकै दिन २२ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये बालगृहका दुई कर्मचारी र २० बालबालिका रहेको भीमफेदी गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएका उनीहरुलाई छुट्टै स्थानमा स्थानान्तरण गरिएको बताइएको छ ।
बिहीबार मात्रै बालगृह नजिक रहेको भीमफेदी कारागारका ३५५ कैदीबन्दीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्