राजनीति

मानवअधिकार तथा शान्ति समाज काठमाडौँको सभापतिमा ईश्वर पुडासैनी

मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखा सभापतिमा ईश्वर पुडासैनी निर्विरोध निर्वाचित हुनुभएको छ । शाखाको राजधानीमा आयोजित २४औँ अधिवेशनले पुडासैनीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

समितिको उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः भगवान् पुडासैनी, प्रमोद फुँयाल, रमेशकुमार बराल र विकास थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

शाखा कार्यसमिति सदस्यहरुमा सानु लामा, रोज विष्ट, तारा रसाइली, आरएस महतो, सुरज बोहोरा, बद्री पुडासैनी, सार्जन चापागाईँ, माया भट्टराई, रमेश पुडासैनी र प्रमिला भण्डारी निर्वाचित हुनुभएको छ ।

यसअघि अधिवेशन उद्घाटन समारोहमा बागमती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, जोरपाटी गाविसका पूर्वअध्यक्ष गोपाल बराललगायतले जिल्ला एवं स्थानीयस्तरमा मानवअधिकारको संरक्षण संवद्र्धनमा अझ उत्साहका साथ काम गर्न शाखाको नयाँ समूहलाई आह्वान गर्दै अधिवेशन सफलताको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.