राजनीति

ऋषिमुनिका तपस्या भाड्नेदेखि बुद्धलाई गलत देख्नेहरू अझै छन्

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्यका पक्षमा लाग्ने व्यक्तिलाई बिगतदेखि नै विभिन्न पक्षले असहयोग गर्ने गरेको बताउँदै ऋषिमुनिका तपस्या भाड्नेदेखि बुद्धलाई गलत देख्नेहरू अझैसम्म रहेको छ टिप्पणी गर्नुभएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीभित्रै कतिपय नेतामा पार्टीप्रतिको निष्ठाको भाव नभएको आरोप लगाउँदै आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुयौउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताउनुभयो ।

नेपाली जनताले विकास र सुशासनका लागि कम्युनिष्ट सरकार नै चाहिन्छ भन्ने महसुस गरेको बताउँदै उहाँले आफूले नेतृत्व गरेको सरकारका कारण आमजनताको सरकारप्रति आशा र भरोसा बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही व्यक्तिको हतारो र गैरजिम्मेवारीले गर्दा सरकार र पार्टीमा यो अवस्थामा आएको हो ।”

पूर्वप्रधानमन्त्री ओलीले तुलसीलाल अमात्य, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रितलगायतका नेताले पार्टी र जनताका लागि निस्वार्थ रुपमा योगदान गरेको उल्लेख गर्नुभयो । उहाँहरूले देश र पार्टीका लागि व्यक्तिगत स्वार्थ र अहम त्यागेर लागेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पुष्पलालले काँचो चना खाएर पनि पार्टी र देश बनाउन लाग्नुभएको थियो ।”

एमालेले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा अगुवाई गरिरहेको अध्यक्ष ओलीको भनाइ छ । परराष्ट्र तथा औद्योगिक नीति, व्यापार, कृषि, सिँचाइ सबैमा एमालेले लिएको नीति नै राष्ट्रिय नीति बन्ने गरेको उहाँले बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले विगतमा एकीकरण भएको कम्युनिष्ट पार्टी केके कारणले गर्दा फुट्यो भनेर समीक्षा गर्नुपर्र्ने औँल्याउनुभयो । एमाले स्थायी कमिटी सदस्य केशव बडालले तुलसीलालको पार्टी र देशप्रतिको निष्ठा भावबाट हामीले धेरै कुरा सिकेर अवलम्बन गर्न सकिनेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.