जन सरोकार

खोप प्रमाणपत्र कन्सुलर प्रमाणीकरण गर्नु नपर्ने

विदेश यात्रामा जानेहरुका लागि कोरोनाबिरुद्धको खोप लगाएको प्रमाणपत्रहरुको प्रमाणिकरण आवश्यक नपर्ने भएको छ । सरकारले कोभिड–१९ खोप प्रमाणपत्रहरूको कन्सुलर प्रमाणीकरण गर्नु नपर्ने व्यवस्था गरेको हो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोकिएका चार वटा अस्पतालबाट जारी भएका खोप प्रमाणपत्रहरू कन्सुलर विभागबाट थप प्रमाणीकरण गर्नु नपर्ने व्यवस्था गरेको हो ।

सोही व्यवस्था अनुरूप विभागले नेपालस्थित सबै विदेशी कूटनीतिक नियोगहरूलाई त्यसबारे जानकारी गराएको बताएको छ ।

साथै, विभागले विदेशस्थित सम्पूर्ण नेपाली नियोगहरूलाई पनि त्यससम्बन्धमा आजै जानकारी गराएको विभागले एक प्रेस विज्ञप्ति जारी गरी आजै जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.