जन सरोकार
सुन तस्करीमा संलग्न चिनीयाँको नेपाली नागरिकता
राजश्व अनुसन्धान विभागले सय किलो सुन तस्करीमा संलग्न भएको आशंकामा आइतबार ठमेलबाट पक्राउ गरिएका चिनियाँ नागरिक दावा छिरिङले नेपाली नागरिकता लिएका खुलासा भएको छ ।

छिरिङले २०७४ पुस २० गते काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध–११ ठेगाना राखी जिल्ला प्रशासन कार्यालयबाट वंशजका आधारमा नागरिकता लिएको पाइएको छ ।
काठमाडौंको ठमेलमा होटल संचालनन गरी बसेका छिरिङलाई स्थानीय तहको सिफारिसबिना नै नागरिकता उपलब्ध गराइएको पाइएको छ । नागरिकतामा बुबाको नाम निमा लामा उल्लेख छ ।
छिरिङलाई नागरिकता दिदा नागरिकता लिँदा शिवप्रसाद सिम्खडा प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । छिरिङलाई नागरिकता दिने प्रक्रियामा संलग्न कर्मचारीको विवरण हुने कागजात नै गायब पारिएको छ ।
प्रतिक्रिया राख्नुहोस्