जन सरोकार

बजार खुल्यो, कोरोना जाग्यो- बढे बिरामी

स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइ, बजार र सार्वजनिक यातायातमा यात्रुको भीडभाड- प्रादेशिक अस्पताल भरिभराउ

विगतका दुई चरणमा देशभरमै सबैभन्दा बढी संक्रमण देखिएको लुम्बिनी प्रदेशमा जनजीवन सहज बन्दै गएसंगै कोरोना संक्रमणबाट बिरामी हुनेहरुको संख्या बढ्न थालेको छ । अहिले एक सय जनाको पीसीआर परीक्षण गर्दा औसत ३० जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकका अनुसार रुपन्देहीसहित छिमेकी जिल्लाहरु अर्घाखाँची, गुल्मी, कपिलवस्तु लगायतका जिल्लाबाट आएकाहरुमा कोरोना संक्रमण बढी देखिएको र हरेक दिन कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको छ ।

निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सहित सबैखाले व्यवसाय सञ्चालनमा आएसँगै स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइ र बजार र सार्वजनिक यातायातमा यात्रुको भीडभाड बढेको हुँदा संक्रमण दर पनि बढेको चिकित्सकहरु बताउँछन् ।

संक्रमित हुनेमा व्यवसायी, पेशाकर्मी लगायत कामकाजी उमेर समूहका रहेका छन् । संक्रमित विरामी बढेसँगै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना वार्डको आईसीयूका २० वटै बेड भरिभराउ रहेका छन् । यस्तै २६ वटा एचडीयू बेडमध्ये १५ बेडमा र इमर्जेन्सीमा ११ जना कोरोना संक्रमित विरामी भर्ना भएका डा. पाठकले जानकारी दिनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा १ साउनदेखि १७ साउनेसम्म ११६ जनामा उच्च ज्वरो देखिएको फिभर क्लिनिकमा कार्यरत प्यारामेडिक्स कमल गौतमले बताउनुभयो । परीक्षण गर्नेमध्ये ३० प्रतिशतभन्दा बढीमा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा १७१ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा लगातार पाँचजना संक्रमितको मृत्यु

भरिन थाले अस्पतालहरु कोरोना सङ्क्रमितले

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.