नेपालमा गएको २४ घन्टामा तीन हजार १ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यसै अवधिमा एक हजार ९२५ जना यो सङ्क्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सोमबार १३ हजार ८११ जनामा परीक्षण गर्दा तीन हजार १२५ जनामा सङ्क्रमण देखिएको हो ।
नेपालमा अहिलेसम्म छ लाख ५८ हजार १२२ जना यो सङ्क्रमणबाट मुक्त भएका र निको हुने दर ९४।१ प्रतिशत रहेको छ ।
यस्तै गएको २४ घण्टामा सङ्क्रमणबाट २३ जनाको निधन भएको छ । आज निधन भएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट नौ हजार ८९८ जनाको ज्यान गएको छ ।
हाल सघन उपचार कक्ष (आइसियु)मा ६ सय ९० जना र भेन्टिलेटरमा १ सय ७५ जना उपचार गराइरहेका पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्