जापान

तुलबहादुर चोचङगीको संयोजकत्वमा मोना सिजुओका गठन

म्याग्दी प्रवासी नेपाली संघ जापान (मोना)ले क्षेत्र बिस्तार गर्ने क्रममा सिजुओका क्षेत्रीय समिति गठन गरेको छ । आइतबार त्यस क्षेत्रमा रहेका म्याग्देलीहरुको भेलाले नयाँ कार्य समिति चयन गर्दै समिति गठन गरेको हो ।

म्याग्दीबाट जापानमा आइ विभिन्न ब्यावसायी, विध्यार्थी सहित विभिन्न क्षेत्रमा काम गर्ने म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ जापान (मोना)रहेको संस्थाका महसचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

मोना जापानका केन्द्रिय कार्यसमितिका अध्यक्ष दीपक कार्कीको प्रमुख अतिथ्याता र क्षेत्रीय कार्यसमिति नागोयाका अध्यक्ष रुपेश चोचांगी पुन, एनआरएनए जापानका सचिव श्याम सितल श्रेष्ठको बिशेष आतिथ्यतामा सम्पन्न भेलाबाट सिजुओका क्षेत्रमा रहनुभएका म्याग्देलिहरुको कार्समितिमा निम्न पदाधिकारी चयन गरिएको छ ।

अध्यक्ष तुल बहादुर चोचांगी, बरिष्ठ उपाध्यक्ष दिनेस पुन, उपाध्यक्ष करन बोगटी, सचिव बिशाल पुन, सहसचिव राहुल तिलिजा, कोषाध्यक्ष शुसिला फगामी, सहकोषाध्यक्ष गीता गर्बुजा, सल्लाहकार टिका छन्त्याललाई चयन गरिएको छ ।

त्यसै गरी सदस्यहरु निरोज पुर्जा, भिम गर्बुजा, धिरज् पुन, देबिन बुढाथोकी, मनोज पुर्जा, करिष्मा गर्बुजा, मिनु गर्बुजा, सोनी पुन, हर्क रोका मगर, काजी गुरुङ, सुधिर प्रधान, बिनोद घर्ति, सुशिल पाइजा चयन भएका छन् ।

नयाँ कार्य समितिलाई म्याग्दी प्रवासी नेपाली संघ जापानका अध्यक्ष दीपक कार्कीले शपथ ग्रहन गराएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.