जन सरोकार

श्रमजीवी पत्रकारको सेवा सुविधा कटौती र निष्कासन नगर्न काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले कोरोना सङ्क्रमणको समस्यालाई देखाएर पत्रकारको सेवासुविधा कटौती गर्ने र सेवाबाट निष्कासन गर्ने कार्यलाई तत्काल रोक्न सम्बन्धित मिडियालाई आग्रह गरेको छ ।

काउन्सिल अन्तर्गत श्रमजीवी पत्रकार हित तथा कानून उपसमितिको आज बसेको बैठकले नेपाल रिपब्लिका मिडिया प्रा।लि।द्वारा सञ्चालित नागरिक दैनिकमा कार्यरत ३६ भन्दा बढी श्रमजीवी पत्रकारको सेवासुविधा उपलब्ध नगराएको, सेवाबाट निष्कासन गर्न खोजेको जस्ता कार्यप्रति सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलब्ध नगराउने र सेवाबाटै निष्कासन गर्ने जस्ता कार्य नियम, कानून विपरीत भएको काउन्सिलको भनाइ छ ।

नागरिक दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरूले व्यवस्थापनप्रति असहमति जनाउँदै गरेको आन्दोलनपछि पत्रकार र नागरिक व्यवस्थापनबीचको समझदारीको कार्यान्वयनका बारेमा समेत काउन्सिलले अनुगमन गर्ने निर्णय गरेको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । बैठकले देशभरका सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकारको अवस्थाबारे अध्ययन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.