जल/वातावरण

सोमबार उपत्यकामा ५१ जनामा कोरोना संक्रमण, देशभर ४ सय १८ जना संक्रमित

सोमबार देशभर ४ सय १८ जना थप कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५१ जना रहेका र तीमध्ये काठमाडौं जिल्लामा ४३ जनामा, ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । मन्त्रालयलय उपत्यकाका संक्रमितहरुको स्थान भने खुलाएको छैन ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ नमुना परीक्षण गर्दा ४ सय १८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।

यसैबीच जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ । सोमबार भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडाध्यक्ष गरी ९ जनामा कोरोना संक्रमण भएको उपमहानगरपालिका स्रोतले जानकारी दिएको छ ।

सोमबार कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.