नेपाली क्रिकेटका सबैभन्दा सफल र पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । खड्काले मंगलबार विहान आफ्नो फेसबुक पेजबाट खेलाडीका रुपमा सन्यास लिए पनि क्रिकेटको विकासका लागि सदैव लागिपर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

खड्काले राजीनाको घोषणा गर्दै सन् २००२ मा १५ वर्षको उमेरमा सुरु गरेको क्रिकेटयात्रामा साथ समर्थन, माया र हासला दिने प्रशिक्षकहरु, खेलाडी साथीहरु, प्रशंसकहरु, सरोकारवालाहरु, संचारकर्मी, परिवार र साथीहरुप्रति सदैव ऋणि रहने बताउनुभएको छ ।
उहाँले लेख्नुभएको छ “क्रिकेटरका रुपमा मैले आफ्नोा मन, बचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उतथानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरें । मेरो जीवनमा मैले देखको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ । इमान्दारीताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेट लाई अवश्य एउटा नयाँ उचाईमा पुर्याउने छौं ।”
त्यस्तै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा आफ्नो यात्रा टुंपगएको भए पनि नेपाली क्रिकेटको लागि आफ्नो सपना भने अझै बाके सर्दै गरेकाले सबै मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्