कला/मनोरन्जनकलिउड

यो साताको दोहोरी प्रतिस्पर्धा : तपाईको रोजाईमा को ? (भिडियोसहित)

नेपालको मौलिक संस्कृति हो दोहोरी गीत । अझ भनौं धाराप्रवाह स्थलमै बसेर छिनकोछिनमा गीतका जवाफ गीतबाटै दिनसक्ने प्रतिभाहरुको प्रतिस्पर्धा । यस्तो प्रतिस्पर्धा विश्वमा दुर्लभ नै हुन्छ ।

उनीहरुभित्र रहेको त्यो प्रतिभालाई अझ उजागर गर्न राष्ट्रको संचार नेपाल टेलिभिजनले हरेक शनिबार दोहोरी प्रतिस्पर्धाको आयोजना गरिरहेको छ ।

हरेक शनिबार राति ८ः५० बजे प्रसारण हुने यो प्रतियोगिता यसअघिका कुनै पनि रियालिटी सोभन्दा भिन्न, मौलिक र नेपाली सुगन्ध छरिएको प्रतियोगिता हो ।

दोहोरीको पछिलो भाग 

प्रतियोगिताको साँचो अब तपाई दर्शकहरुको हातमाा आइपुगेको छ । यस साताको प्रतिस्पर्धी मध्ये बसन्त बिक र पबित्र मगर तथा अस्मिता डल्लाकोटी रजीवन सिग्देलको समूहबीच प्रतिस्पर्धा भएको छ ।

यी दुई समूहमध्ये आफूलाई मनपरेको समूहलाई जिताउन नेपाल टेलिभिजनको मोबाइल एप मार्फत तथा एसएमएस मार्फत पनि भोट गर्न सक्नुहुनेछ । भोटिंङ्ग बिहिबार राति १२ बजे सम्म मात्र खुल्ला रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button