क्रिकेटखेल

पारसलाई अमेरिकाले दियो भावी यात्राको शुभकामना (फोटोहरु)

नेपाली राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान पारस खड्काले आज अन्तर्राष्टिरुय खेल जीवनबाट सन्यास लिएको घोषणा गरेसंगै नेपालस्थित अमेरिकी दूताबासले उहाँको भावी यात्राका सफलताका लागि शुभकामना दिएको छ ।

दूताबासले सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले सन्यासको घोषणा गरेसंगै “हामी नेपाली क्रिकेट फ्यानहरूसँगै वहाँको सफल करीयरको लागि बधाइ दिंदै आगामी दिनमा सफलताको शुभकामना दिने कार्यमा सामेल हुन चाहन्छौं” भनेको छ ।

दूताबासले नेपालका सवैभन्दा सफल खेल व्यक्तित्वमध्ये एक पूर्व कप्तान क्रिकेटर पारस खड्काले सन् २०१९ मा नेपालका ल ागि अमेरिकी राजदूत बेरीलाई क्रिकेट सिकाएका तस्वीरहरु साझा गर्दै सम्मान व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button