प्रबास

मलेसियामा नेपाली कुटटिप गर्ने कपिलवस्तुका रामगोपालद्वारा आत्मसमर्पण

केही दिन अघि सामाजिक सञ्जालमा मलेसियामा सुरक्षा गार्डका रुपमा कार्यरत एक नेपालीलाई निर्मम तरिकाले कुटपिट गरिएको भिडियो सार्वजनिक भयो । भिडियोको सत्यतथ्य पत्ता लगाउँदै जाँदा ती नेपालीलाई कुट्ने अरु कोही नभएर नेपाली नै भएको पत्ता लाग्यो ।

कुटपिट गर्ने व्यक्ति कपिलवस्तु जिल्लाका रामगोपाल मुराउ भएको मलेसियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । कुटाइ खाने व्यक्ति पनि नवलपरासीका ईस्लाम हुसेन रहेको दूतावासले बताएको छ ।

भिडियोमा देखिएको घटना यही ७ जुलाई बिहान १० बजेतिर क्वालालम्पुरमा रहेको एम थ्रि महलमा भएको थियो । पीडित सेक्यूरिटी गार्ड र पीडक सुपरभाइजरको रुपमा कार्यरत रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासको सम्पर्कमा आएका दुवै जनाले उक्त भिडियोमा देखिने पात्र आफूहरू नै रहेको कुरा स्वीकार गरेका छन् । हुसेनलाई पिट्ने रामगोपाल मुकाउ सोमबार नै स्वेच्छाले मलेसियन प्रहरीसमक्ष उपस्थित भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.