जापान

गल्कोट स्पोर्ट्स क्लव टोकियोको छैठौं भलिबल प्रतियोगिता स्थगित

हरेक वर्ष गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले आयोजना गर्दैआएको भलिवल प्रतियोगिताको छैठौं संस्करण पुनः स्थगित भएको छ । नेपाली नयाँ बर्ष र क्लवको बार्षिकोत्सवको उपलक्ष्यमा हरेक बर्ष गर्दै आइरहेको भलिबल प्रतियोगिता कोरोना भाइरसका कारण नियमित समयको साटो सेप्टेम्बर २ तारिकमा गर्ने घोषणा गरिए पनि अहिले पुनः स्थगित भएको हो ।

छैठौ भलिबल प्रतियोगिताको आन्तरिक तयारीमा जुटेको क्लवले जापानमा कोरोना भाइरसको प्रभाव पुनः बढ़ेसंगै प्रतियोगितालाई स्थगित गरेको घोषणा गरेको छ ।

भलिबललाई माया गर्ने भलिबलप्रेमीहरु, क्लवका शुभचिन्तक समेतको सुझावका आधारमा सेप्टेम्बरमा प्रतियोगिता घोषणा गरे पनि पुर्वानुमान भन्दा फरक अबस्था आएकाले कार्यक्रम स्थगित गर्नु परेको प्रतियोगिताका प्रचार प्रसार संयोजक हिमाल कँडेलले जानकारी दिनुभयो ।

क्लवका अध्यक्ष लक्ष्मण कार्कीले पछिल्लो समय जापानमा तिब्ररुपमा कोरोनाको प्रभाव बढेको हुँदा प्रतियोगिता स्थगित गर्दा पुगेको असुविधाप्रति क्षमायाचना गर्नुभएको छ ।

साथै क्लबले नेपालीहरूको चाडपर्बहरू पनि नजिकिदै आइरहेको परिपेक्षमा पारिवारिक जमघटहरूमा पनि उच्च सतर्कताका अपनाउन तथा जापान स्थित बिभिन्न संघसंस्था र नेपाली समुदायहरूले गर्ने बिभिन्न कार्यक्रमहरुमा पनि पुनर्विचार गर्न र उच्च सतर्कता अपनाउन अन्रोध गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.