अर्थ

सुनको मूल्य प्रति तोला १ लाख १ हजार ४ सय

केही दिनयता आकाशिंदै गएकोा सुनको मूल्यले नेपालमा प्रति तोला एकलाख नाघेको छ । बुधबार छापावाल सुन तोलामा १६ सय रुपैयाँ वृद्धि भई १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बुधबार तेजाबी सुनको मूल्य १ लाख ९ सय रुपैयाँ कायम भएको छ ।

त्यसै गरी चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित खबर

Back to top button