जल/वातावरण

बुधबार थपिए ३ सय ८१ जना संक्रमित : कुल संख्या २१ हजार ३ सय ९०

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ भने हाल नौ हजार ९२५ जना क्वारेन्टिनमा छन् । बुधबारसम्म ६० जनाको मृत्य भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ८५९ जनाको स्वाब परीक्षण गरिएको छ । सक्रिय सङ्क्रमित संख्या छहजार ६६४ रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा १३० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै हालसम्म १५ हजार १५६ जना सङ्क्रमित कोरोना मुक्त भइसकेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.