जन सरोकार

परीक्षा बोर्डले कक्षा ११ को परीक्षा शुल्क फिर्ता गर्ने

कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको कक्षा ११ को परीक्षा वापत विद्यार्थीले तिरेको शुल्कको निश्चित हिस्सा फिर्ता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नलिने भएपछि शुल्क फिर्ता गर्न लागेको हो ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिमा कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

कार्यविधिमा नोवेल कोरोना भाइरस ९कोभिड–११० महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आगामी माघ भन्दा अगाडि लिइसक्नुपर्ने उल्लेख छ । आंशिक तथा ग्रेड बृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपुर्व परीक्षा दिइसक्नु पर्दछ ।

बोर्डका अनुसार विद्यार्थीहरूको फिर्ता रकम कक्षा १२ को परीक्षा शुल्कमा मिलान गरिने भएको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षा शुल्कवापत विद्यार्थीले तिरेको ६ सय रुपैयाँमध्ये परीक्षा सञ्चालन तयारीमा भएको खर्चबापत प्रति विद्यार्थी रु २०० कट्टा गरी ४०० फिर्ता गरिने जानकारी दिनुभएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.