जन सरोकार

तीन हजार नौ सय ३८ संक्रमित, ३७ जनाको मृत्यु

देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४ सय २२ जना

नेपालमा कोरोना संक्रमणले वपुनः गति लिन थालेको आभास भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३७ जनाको मृत्यु भएको छ भने २ हजार १२ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ७० पीसीआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५ सय ३८ एन्टिजेन परीक्षणमा ९ सउय ३१ जना गरी ३ हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । तीमध्ये ९ हजार ९ सउय ९४ जनाको मृत्यु भएको छ भने ६ लाख ६३ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४ सय २२ जना रहेका छन् । जसमध्ये ३१ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१३ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

१० वर्ष मुनिका ८७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ७६६, झापामा ३७४, चितवनमा २६१, मोरङमा १६८, ललितपुरमा १६३, भक्तपुरमा १४६ र काभ्रेपलाञ्चोकमा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीमा ९३, बागलुङमा 87, सुनसरीमा ८४, मकवानपुर र नवलपरासी पूर्वमा ७६/७६ जना, रुपन्देहीमा ५८, दोलखामा ५१, नुवाकोटमा ४८, सुर्खेतमा ४० जना कोरोना संक्रमित थपिएका छन् ।

स्याङजामा ३६, कैलालीमा २७, बाँकेमा २५, लमजुङमा १८, म्‍याग्दी र पाल्पामा १७/१७ जना, धनकुटामा १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.