राजनीति

ममाथि अभ्रद व्यवहार गर्ने युवा संगठनका नेताको जिम्मा सो दलले लिने कि नलिने ? (भिडियोसहित)

काठमाडौं क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद सोविता गौतमले आफूमाथि सत्तारुढ दलका युवा संगठनका नेताहरुले दुव्र्यवहार गरेको भन्दै दोषीमाथि कारबाही गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसद गौतमले आपूमाथि घटेको घटनाबारे जानकारी गराउँदै आइतबार निर्वाचन क्षेत्रमा वर्षाका कारण भएको क्षतिको अवलोकन गर्न जाँदा साँझपख केही युवाले बाटो छेकेर दुर्व्यवहार गरेको बताउनुभएको हो ।

आइतबार साँझपख कागेश्वरी मनोहरा नगरपालिका–६ मनकामना टोलमा पुगेर फर्किँदा १५/२० जना युवाले आफूलाई घेरेर चर्को स्वरमा कराएको र फोहोर शब्दहरु बोलेको भन्दै यसले आफूलाई सुरक्षा चुनौती भएको बताउनुभयो ।

सांसद गौतमले भन्नुभयो, ‘तपाईंहरु बुढो मान्छेले बोलाएको ठाउँमा मात्रै जाने भनेर एकाएक घेरेर प्रश्न गर्न थाल्नुभयो । चक्रब्युह जस्तो रचियो, उहाँहरुले चर्को, चर्को स्वरमा तथानाम मुख छाडेर फोहोरी शब्दहरु प्रयोग गरेर मलाई घेर्ने क्रम सुरु भयो ।’

उहाँले आफूमाथि दव्र्यवहार गर्ने व्यक्ति राष्ट्रिय दलको युवा संगठनको सदस्य रहेको खुलेको बताउँदै यस विषयमा बौद्ध प्रहरीमा जाहेरी दिएको समेत जानकारी दिनुभयो ।

‘संसदमा सांसद गौतमको प्रश्न थियो, अभद्र शैलीले, विवादित पार्ने हिसाबले बाटो ढुकेर, चौतारामा कुरेर छोरी मान्छेहरुलाई तर्साउने अभ्यास के यो अमर्यादित भएन ? के यो जंगली प्रकारको भएन ? यस्तो प्रकारको, यो हर्कतको जिम्मा त्यो राष्ट्रिय दलले लिने कि नलिने ? सरकारले यो सुरक्षा चुनौतीको बारेमा संवेदनशील भएर सोच्ने कि नसोच्ने ?

बाँकी योे भिडियोमा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.