राजनीति

प्रधानमन्त्रीद्वारा भूटानी नरेश र आफ्ना समकक्षीमा आभार

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा सघाएकामा भूटानका नरेश र प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभएको छ ।

देउवा

महामारीका बेला दूई लाख ३० हजार मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएर भूटानले प्रस्तुत गरेको मैत्रीभावको स्वागत गर्दै प्रधानमन्त्री देउवाले त्यहाँका नरेश जिग्मे खेसर नामग्याल वाङचुक र प्रधानमन्त्री डा लोटे छिरिङप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले भूटानी नरेश र प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दै उक्त सहयोगको बदलामा भविष्यमा नेपालले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कोभिडको विश्वव्यापी महामारीको कठिन अवस्थामा सबै नेपालीलाई समयमै खोप लगाउने नेपाल सरकारको प्रतिबद्धताअनुरुप खोप प्राप्तिका लागि हरसम्भव विकल्प अपनाएर सरकारले खोप अभियानलाई निरन्तरता दिइरहेको छ । त्यसैसन्दर्भमा भूटानबाट प्राप्त खोप आज काठमाडौँ ल्याइएको हो ।

भूटानले पठायो नेपालमा तीन लाख अष्ट्राजेनिकाको खोप

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.