पार्टीका ‘एजेन्डा’लाई जनतासमक्ष लैजान कार्यकर्ता र सिङ्गो पार्टी लागिपर्ने
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध गर्ने प्रण गर्दै पार्टीका स्थापित ‘एजेन्डा’लाई जनतासमक्ष लैजान कार्यकर्ता र सिङ्गो पार्टी लागिपर्ने बताउनुभएको छ ।
पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई सम्बोधन गरेपछि पत्रकारहरूसँग उहाँले सर्ब तहमा पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले मंगलबार विहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताउनुभयो ।
उहाँले सरकारले गम्भीरताका साथ नलिई जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनीसमेत समेत दिनुभयो ।
उहाँले भन्नुभयो, “हामी संविधान संशोधनको विरोधी होइन, संविधान संशोधन अहिलेसम्म प्राप्त उपलब्धिमा टेकेर अझ त्यसलाई परिमार्जन गर्न, जनतालाई अझ धेरै अधिकार दिनका लागि यो देशका सबै जाति, उत्पीडित क्षेत्र, वर्ग र समुदायलाई अझ बढी अधिकार सम्पन्न बनाउनका लागि संविधान संशोधनको पक्षमा छौँ ।”
प्रतिक्रिया राख्नुहोस्