जन सरोकार

न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने

काठमाडौंमा कोरोना भाइरसको संक्रमण बढेपछि मुख्य व्यापारीक क्षेत्र सिल गरिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सिल गरिने भएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरे अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी ती क्षेत्र सिल गर्न लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमण देखिएका स्थान र बस्ती वरपर सिल गर्ने गरी तयारी भएको बताउँदै स्वास्थ्य मन्त्रालयबाट औपचारिक जानकारी आएपछि घोषणा गर्ने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.