जन सरोकार

काठमाडौं हैन, जिल्ला प्रशासन कार्यालयका काम 'सट डाउन' (विज्ञप्ति सहित)

शुक्रबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमण फैलनन नदिन कार्यालयबाट प्रवाह भैरहेका नियमित कामहरु रोकेर अत्यावश्यक मात्र गर्ने सूचना जारी गरेका छन् । साउन २५ गते आइतबारबाट भदौ ८ गतेसम्म तीनवटै जिल्ला प्रशासन कार्यालयका अत्यावश्यकबाहेकका सेवा बन्द हुने भएका छन् ।

जिल्ला प्रशासनको काम बन्द भएकोलाई केही संचार माध्यमहरुले भने आइतबारबाट काठमाडौं उपत्यका सट डाउन भन्दै समाचार प्रवाह भएपछि आम जनमानसमा ठूलो भ्रम सिर्जना भएको छ ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कार्यालयबाट सबै सेवा सञ्चालन गर्दा कार्यालयमा सेवाग्राहीको अत्यधिक भिड लागेकोले १५ दिनका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको हो ।

बैठकको निर्णयअनुसार प्रशासन कार्यालयबाट प्राप्त हुने नयाँ नेपाली नागरिकता र प्रतिलिपि नागरिकता वितरण, हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्तारपत्रपत्रिका दर्ताका साथै नवीकरण, निजी सुरक्षा कम्पनी दर्ता नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण सेवा बन्द हुनेछन् ।

यस्तै, शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य र विपद् व्यवस्थापन सम्बन्धी कार्य भने सञ्चालन गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचना


सम्बन्धित खबर

Back to top button