जन सरोकार

बालाजु औद्योगिक क्षेत्रभित्र भीषण आगलागी

काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ । बिहान २ बजेदेखि आगालागी भए पनि अहिलेसम्म आगालागी नियन्त्रणमा आइसकेको छैन ।

आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button